Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो





सिरहा ।

लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।  सिरहा प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै खैरे हिरोइन र नगदसहित ५ जनालाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार  पक्राउ पर्नेमा लहान नगरपालिका–१२ का ३२ वर्षीय दिनेश कुमार यादव र उनकी बहिनी २६ वर्षीया किरण कुमारी यादव रहेका छन्। यस्तैबरियारपट्टी गाउँपालिका–३ का २० वर्षीय कृष्ण कुमार यादव, १९ वर्षीय निरज राय र सिरहा नगरपालिका–२ का ४५ वर्षीय संजय कारक रहेका छन् ।

उनीहरूको साथबाट लागूऔषध खैरे हिरोइनसहित ७० लाख ५३ हजार ६५५ रुपैयाँ नेपाली र ३५ हजार ७८० भारती रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।