Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मैथिली कथा गोष्ठी सम्पन्न

प्रथम धीर, द्वितिय अभिशेष र तृतीय अजय





जनकपुरधाम ।
मैथिली विकास कोषको आयोजनामा मासिक कथा गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ । विद्यार्थी केन्द्रित कथा गोष्ठीमा छात्र धीर सिंह प्रथम, अभिशेष कापर द्वितिय र अजय कामती तृतीय भएका थिए ।
प्रतियोगितामूलक सो कथा गोष्ठीमा विजयी भएकाहरुलाई कार्यक्रमका संयोजक सुजीतकुमार झा र शिक्षिका आल्या सवाले पुरस्कार वितरण गरेका छन् ।
छात्रा आराध्या साहको अध्यक्षतामा भएको सो कथा गोष्ठीमा कुशल झा, धीर सिंह, अभिशेष कापर, अमलेश कापर, कश्मीरी खातुन, राधा साह, रविकिशन मण्डल लगायतले कथाबाचन गरेका थिए ।
महिनाको पहिलो शनिवार कोषले कथा गोष्ठी गर्ने गर्छन् ।