Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ

‘परीक्षामा भइरहेको चोरी संस्कृति रोक्न त्रिवि स्तरबाटै कार्य शुरु गर्नुपर्छ’





सुजीतकुमार झा
जनकपुरधाम ।
अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्णले जनकपुरधामको राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ बताउनुभयो । यति विद्यार्थी क्याम्पसमा पढिरहेको छ त्यो देखाएर यो क्षेत्रलाई लाभ हुँदैन यो सत्यलाई हामी सबैले बुझनुपर्छ बताउनु भयो ।
मोडेल खबरसँग कुरा गर्दै अवकाशप्राप्त शिक्षक कर्णले भन्नुभयो – राराब क्याम्पस प्रशासन मात्र नभइ जनकपुरधामको नागरिक समाज, स्थानीय प्रशासन सबैको दायित्व रहेछ चोरी संस्कृति कसरी अन्त्य होस । कर्ण नेपाली शिक्षकको रुपमा राराव क्याम्पसमा लामो समय अध्यापन गराउनु भएको छ । एक दशक नेपालीको विभागिय प्रमुखको रुपमा कार्य गरिसक्नु भएका कर्णले परीक्षामा भइरहेको चोरी संस्कृति रोक्न त्रिवि स्तरबाटै कार्य शुरु गर्नुपर्छ बताउनुभयो ।


एउटा अर्को प्रसंगमा उहाँले गणितको विद्वान जेएलडी सरलाई जनकपुरधाम क्षेत्रका विद्यार्थीहरुले वर्षोसम्म स्मरण गर्नेछन् बताउनुभयो । पढाउने कार्य मात्र नभइ एउटा कुशल प्रशासक पनि उहाँ रहनु भएको कर्णले चर्चा गर्नुभयो ।
अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्णसँग लामो कुराकानी मोडेल खबरको चर्चा शैक्षिक हबकेँ https://www.youtube.com/@ModelKhabar मा सुन्न एवं हेर्न सकिन्छ । उहाँसँग गरिएको कुराकानी केहीबेरमा प्रशारण हुनेछ ।