Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान





एजेन्सी ।
लुफ्थान्सा विमान जर्मनीबाट स्पेनतर्फ उडिरहेको थियो । एउटा अचम्म र डरलाग्दो अवस्था बन्यो जब कप्तान शौचालय गएका थिए, सह–पाइलट बेहोस् भएका थिए । घटना हो फेब्रुअरी २०२४ को ।
घटना पुरानो भए पनि अनुसन्धान प्रतिवेदन भने हालसालै सार्वजनिक भएको छ । एयरबस ए३२१ विमानमा १९९ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । विमान फ्रान्कफर्ट, जर्मनीबाट सेभिया, स्पेनतर्फ जाँदै थियो ।
४३ वर्षीय कप्तानले अनुसन्धानकर्ताहरूसँग आफू शौचालय जाँदा ३८ वर्षीय सह–पाइलट बिलकुल ठीकठाक र सतर्क थिए । विमान अवतरण हुन अझै ३० मिनेट बाँकी थियो, त्यसैले पाइलटले शौचालय जाने उपयुक्त समय भन्ठाने । जब पाइलट करिब ८ मिनेटपछि फर्किए तर सुरक्षा कोड प्रविष्ट गर्दा पनि ककपिटमा प्रवेश गर्न सकेनन् ।
कप्तान डराए र कुराकानीका लागि इन्टरकम प्रयोग गरे, तर पनि कुनै प्रतिक्रिया आएन । त्यसपछि उनले आपतकालीन कोड प्रयोग गरेर ढोका खोल्ने प्रयास गरे । त्यही बेला भित्रबाट सह–पाइलटको होस खुल्यो र उनले ढोका आफैं खोले ।
‘सह–पाइलटको अनुहार उडेको थियो, पसिना आइरहेको थियो र उनी अनौठो किसिमले हिंडिरहेका थिए,’ कप्तानले बताए । त्यसपछि उनले क्याबिन क्रूलाई सहयोगका लागि बोलाए ।
सह–पाइलटलाई चालक दल र यात्रुका रूपमा यात्रा गरिरहेका एक डाक्टरले प्राथमिक उपचार दिए । डाक्टरले सम्भावित मुटुसम्बन्धी समस्या भएको अनुमान गरेका थिए ।
अनुसन्धान प्रतिवेदनका अनुसार सह–पाइलटले आफू कतिबेला बेहोस् भएँ भन्ने थाहा नपाएको बताए । ‘म बेहोस भएछु, तर कहिले भएँ भन्ने थाहा छैन । त्यसअघि मलाई सरागोसा माथि उडिरहेको सम्झना छ, त्यसपछि क्याबिन क्रू र डाक्टरले उपचार गरिरहेको अवस्थामा ब्युँतिएँ ।’
अनुसन्धान प्रतिवेदनअनुसार, ‘उनको बेहोसी यति एक्कासी भयो कि उनले अरू चालक दललाई जानकारी दिन पनि भ्याएनन् ।’
कप्तानले त्यसपछि विमानलाई नियन्त्रण लिए र त्यसबेला सबैभन्दा नजिकको विमानस्थल म्याड्रिडतर्फ मोडे । सह–पाइलटलाई तत्काल अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उनको एक्कासी र गम्भीर रूपमा बेहोस हुनुको कारण न्युरोलोजिकल समस्या भएको बताए । अहिले उनको चिकित्सकीय उडान अनुमति निलम्बन गरिएको छ ।