काठमाडौं ।
आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।