Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरिता गिरीको सांसद पदको मुद्दाको अझैसम्म किनारा लाग्न सकेन





काठमाडौँ ।
तत्कालिन समाजवादी पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि अघिल्लो प्रतिनिधिसभामा सांसद पद गुमाएकी सरिता गिरीको मुद्दा अझैँ किनारा लागेको छैन । आइतबार एघारौँ पटक उक्त मुद्दाको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।
संविधान संशोधनको पक्षमा भोट गर्न पार्टीले ह्विप गरेकोमा गिरीले मतदान गरेकी थिइनन् । त्यसपछि ह्विप उल्लङ्घन गरेको भन्दै साधारण सदस्य नरहने गरी पार्टीले कारबाही गरेको थियो । पार्टीको साधारण सदस्य पनि नरहेपछि उनी पदमुक्त भएकी थिइन् ।
पार्टीले गरेको कारबाही विरुद्ध गिरीले २०७७ असार २८ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । असार ३० गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि बोलाएको थियो ।
साउन ११ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै बाँकी विषयमा मुद्दाको निरूपणका क्रममा व्याख्या गरिने आदेश गरेको थियो । तर हालसम्म पनि उक्त मुद्दा निरूपण हुन नसकेको हो ।
उक्त रिटमाथिको पेसी तीन पटक स्थगित र पाँच पटक हेर्न नभ्याइने हुँदै आइतबार पुनः सुनुवाइका लागि पेसी तोकिएको छ ।