Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पर्सामा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री प्रदीप यादवले भने– अब डुबानको समस्या हट्नेछ





पर्सा ।
पर्साको वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा नं. २१ को परवानीपुर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार ल्याउने र डुबानको समस्या हटाउने उद्देश्यले एक हजार २५६ मिटर लामो नाला निर्माणको शिलान्यास भएको छ । खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्रभित्र नाला र ढल निर्माणको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ढल र नाला निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने डुबानको समस्या पूर्णरुपमा समाधान हुने र सवारी आवागमनमा समेत सहजता आउने बताए ।
‘नाला तथा ढल निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुन्छ र सडक व्यवस्थित हुने छ,’ उनले भने ।
मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको समेत बताए । उनले विकासको निर्माणमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड समेत दिए । ‘खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य कामहरु भएका छन् । नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्णप्रतिबद्ध छ,’ उनले भने, ‘विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ ।’
शुद्ध खानेपानी वितरण, नाला तथा ढलान निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधाहरूलाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्न समेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिए ।
वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारका अनुसार एक करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको नाला तथा ढल वडा नं १८ सुप्चैनादेखि वडा नं २१ परवानीपुरसम्म पुग्ने छ । यो एक हजार २५६ मिटर लामो हुनेछ ।
उक्त नाला तथा ढल निर्माण सम्पन्न भएपछि सहजरुपमा पानी निकास हुने र डुबानको समस्या हट्ने उनको भनाइ छ ।