Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

वर्षाको कारण खेल रद्द हुँदा आइपीएलको प्ले अफबाट बाहिरियो कोलकत्ता





एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र कोलकत्ताबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
यससँगै डिफेन्डिङ च्याम्पियन कोलकता यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ । वर्षाका कारण एक बल पनि नखेलिएको यो खेलले अंक तालिकामा कोलकताको स्थिति झनै कमजोर बनाएको हो ।
खेल रद्द हुँदा दुवै टोलीले १–१ अंक बाँडेका छन् । तर कोलकताका लागि यो नतिजा पर्याप्त बनेन । कोलकतालाई प्लेअफमा स्थान बनाउनका लागि शनिबारको खेल जित्नै पर्ने दबाब थियो ।
यता बैङ्गलोरका लागि प्लेअफको ढोका अझै खुला छ । आगामी खेलहरू जितेमा शीर्ष चारमा स्थान बनाउने सम्भावना कायमै छ ।
वर्षाले खेल प्रभावित बनेपछि समर्थकहरु निराश भएका छन् । सोसल मिडियामा धेरैले यस्तो महत्वपूर्ण खेलका लागि ‘रिजर्भ डे’ नराखिएकोप्रति आलोचना गरेका छन् ।