Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चट्याङ लागेर सप्तरीमा एक बालिकाको मृत्यु





राजविराज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलबास्थित कोशी नदीको बगरमा चट्याङ पर्दा एक जना बालिकाको मृत्यु भएको छ भने एक जना बालक घाइते भएका छन् ।
बगरमा खरभुजा खेती गर्न अस्थायी टहरमा बस्दै आएका भारतको उत्तर प्रदेश सामली जिल्लाका केरना पञ्चायत बस्ने जाहिद खानकी ७ वर्षीया छोरी जैनब खातुनको मृत्यु भएको हो । शनिबार बिहान टहरा रहेको क्षेत्रमा चट्याङ पर्दा जैनब बेहोस भएकी थिइन् । उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याउँदासम्म उनको मृत्यु भइसकेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
सोही ठाउँमा बस्दै आएका केरना पञ्चायतकै गुलु खानका ७ वर्षीय छोरा जुविर पनि चट्याङको आवाजले आत्तिएर भाग्न खोज्दा घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।