

जनकपुरधाम ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ स्थित रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ । सो क्रममा प्रहरीले केही राउण्ड आश्रु सेलका साथै हवाइ फायर पनि गरेको छ ।
कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो । वाटर पार्कले यसका लागि प्रचार पनि गरेका थिए ।
धेरै विद्यार्थीहरू एकैपटक गएपछि आयोजकले टिकट उपलब्ध नगरपछि विवाद बढेको छ । शुरुमा बाटरपार्कका कर्मचारीहरु बास लिएर विद्यार्थीमाथि आक्रमणको प्रयास गरेको विद्यार्थीहरुले आरोप लगाएको छ । यसपछि झडप भएको छ ।
विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ ।
यत घटना सम्बन्धमा वाटरपार्कका प्रबन्ध निर्देशक गुड्डु जैनको मोबाइलमा फोन सम्पर्क गर्दा उहाँ मोबाइल उठाउनु भएन ।
