

काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा एमाले नेताहरूले उनीहरूको प्रतिमामा माल्यार्पण गरेका छन् ।
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा कार्यक्रम आयोजना गरिएको हो ।
एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए । त्यसैले यहाँ भण्डारीको प्रतिमा बनाइएको थियो ।
मदन आश्रित स्मृति दिवसका दिन त्यहाँ रहेको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ ।
