जनकपुरधाम ।
जनकपुरधाममा हुरी बतास सँगै पानी परिरहेको छ । पोने ७ बजेदेखि चलिरहेको हुरीबतासका कारण जनजीवन प्रभावित भएको छ । जनकपुरधाम नगरका अधिकांश पसलहरु बन्द भएको छ । बजारमा निस्केका दर्जनो व्यक्ति हुरीबतास र पानीका करण समस्यामा परेका छन् । जनकपुरधाम ४ का मनोज मण्डलले हुरीबतास र पानीका कारण बाटोमा घेराएको छु पानी छुटेपछि घर जाउला बताए । जानकारहरुका अनुसार हुरीबतासको बेला बाटोमा हिडनु हुँदैन, बजुली पोलमा टाँगिएका होडिगंबोर्ड खस्दा चोट लाग्ने खतरा हुन्छ । पसलहरुको बोर्ड पनि हाबाका कारण खस्ने गर्छन् ।
पानीका कारण अहिले सडकहरुमा पानि लागेको छ ।