

सुजीतकुमार झा
जनकपुरधाम ।
जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखहरुको नियुक्त गरिएको छ ।
व्यवस्थापन संकाय तर्फ डा.दिलिपलाल कर्ण, शिक्षाशास्त्र संकाय तर्फ वीरेन्द्र यादव, मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ विनिता ठाकुर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ डा. विपिनकुमार रायलाई नियुक्त गरिएको जानकारी क्याम्पसले दिएको छ ।
सहायक क्याम्पसका लागि ७ जना शिक्षकले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये उपप्राध्यापक चन्द्रदेव पाठकले ३ संकायका सहायक क्याम्पस प्रमुखका लागि आवेदन दिएका थिए तर उहाँलाई तीनटै मध्ये कुनैमा राखिएनन्
प्रजातान्त्रिक बाहेकका समूहका शिक्षकलाई पनि स्थान नदिएको शिक्षकहरुले बताएका छन् ।
प्रकृया अपनाउन क्याम्पस प्रमुख प्रा. डा. बसन्तकुमार कर्णले नवेन्द्रकुमार निधिको संयोजकत्वमा छनौट समिति बनाएका थिए जसमा सदस्यको रुपमा केन्द्रिय क्याम्पस कीर्तिपुरका शिक्षक संतोष घिमिरे र राराबका पूर्व सहायक क्याम्पस प्रमुख रामनरेश ठाकुर रहेका थिए । निधिपनि राराब क्याम्पसको प्रमुख रहि सक्नु भएको छ ।

