Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

६ प्रदेशको सामुदायिक विद्यालयमा शिक्षकको तुलनामा विद्यार्थी संख्या न्यून, मधेसमा शिक्षककै संख्या कम





काठमाडौं ।
६ वटा प्रदेशको सामुदायिक विद्याललयमा शिक्षक संख्याको तुलनामा विद्यार्थीको संख्या न्यून रहेको पाइएको छ । महालेखाको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रका विद्यालयमा शिक्षक संख्याको तुलनामा विद्यार्थीको संख्या न्यून देखिएको छ । तर, मधेश प्रदेशमा विद्यार्थी संख्याको अनुपात तोकिएभन्दा बढी देखिएको छ ।
शिक्षक विद्यार्थी अनुपात शिक्षा नियमावली, २०५९ को नियम ७७ मा सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात हिमालमा ४०, पहाडमा ४५ र उपत्यका तथा तराईमा ५० हुनुपर्ने उल्लेख छ । तर, शिक्षक विद्यार्थीको अनुपात मिलेको छैन ।
सात वटै प्रदेशको औसत शिक्षक÷विद्यार्थी अनुपात हिमाली क्षेत्रमा आधारभूत विद्यालय (कक्षा १–५) मा १२.५६ जना, (कक्षा ६–८) मा २०.४२ जना, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा १९.६१ जना रहेको छ ।
पहाडी क्षेत्रमा आधारभूत विद्यालय (कक्षा १–५) मा १०.५७ जना, (कक्षा ६–८) मा १७.२२ जना, माध्यामिक विद्यालय (कक्षा ९–१०) मा २१.८३ जना रहेको छ । उपत्यका तथा तराई क्षेत्रमा आधारभूत विद्यालय (कक्षा १–५) मा २२.७२ जना, (कक्षा ६–८) मा ३८.६९ जना, माध्यामिक विद्यालय (कक्षा ९–१०) मा ३५.६४ जना देखिएको छ ।
‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न भौगोलिक अवस्था, जनसङ्ख्या तथा विद्यार्थी सङ्ख्याको आधारमा सबै स्थानीय तहमा शिक्षक दरबन्दीको मिलान गर्नुपर्नेमा ६९ स्थानीय तहमा दरबन्दी मिलान भएको छ । नियमावलीको व्यवस्थाब मोजिम शिक्षक÷विद्यार्थी अनुपात कायम हुने गरी शिक्षक व्यवस्थापन गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।