Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ७ कर्मचारी एकैपटक निलम्बित हुँदा कार्य संचालनमा समस्या





राजविराज ।
सप्तरीको डाकनेश्वरी नगरपालिका संचालनमा समस्या भएको छ । आर्थिक वर्षको उत्तरार्धमा भ्रष्टाचार मुद्दामा प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित इन्जिनियर, लेखा अधिकृत, योजना फाँटका अधिकृतसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेसँगै उनीहरू गत बुधवारबाट स्वतः निलम्बित भएका छन् ।
मुख्य प्रशासनिक अधिकारी, प्राविधिक र लेखा तथा योजनाका कर्मचारीहरू एकै पटक निलम्बित भएपछि पालिका संचालनमा समस्या भएको हो । एलइडी स्ट्रिट लाइट जडानमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले गत बुधवार प्रमुख प्रशासकीय अधिकृत यादवसहित सात जना कर्मचारी र एउटा फर्म तथा तिनका संचालकविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
अधिकृत यादवसहित इन्जिनयरद्वय कुलानन्द विराजी र रमाकान्त चौधरी, सव–इन्जिनियर संजयकुमार यादव, योजना अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परिवार, योजना शाखा मा कार्यरत सहायक पाचौं निकिता चौधरी, जिएस निर्माण सेवा र त्यसका प्रोप्राइटर विजयकुमार यादव समेतका उपर आरोप पत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७८÷०७९ मा बजेट विनियोजन भई सो जडान कार्यको लागि ठेक्का दिएकोमा कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भरपाई बनाई नगरपालिकामा पेस गरी विनियोजित पूरै रकम असार मसान्तमा नै भुक्तानी लिई दिई हिनामिना गरेको अख्तियारको दाबी छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित प्रमुख फाँटका कर्मचारीहरू निलम्बनमा परेपछि अहिले प्रशासनका अधिकृत रमेश साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । उनलाई दैनिक कार्यालय संचालन गर्ने अधिकारमात्रै छ ।