Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निजामति विधेयक संसदीय समितिबाट पास गर्ने तयारी





काठमाडौं ।
निजामती सेवा विधेयकबारे संसदीय समितिमा छलफल जारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यो विधेयक आजै पास गर्ने तयारी गरेको छ ।
कर्मचारीले पाउने अवकाश उमेर कसरी लागू गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । अवकाश उमेर ६० वर्ष बनाउनेमा सहमति छ । तर, एकै पटक ६० वर्ष लागू वा नगर्ने भन्नेमा छलफल चलिरहेको छ ।
अवकाश पाएका कर्मचारीले अर्को नियुक्तिका लागि निश्चित समय (कुलिङ पिरियड) पर्खनुपर्ने विषय पनि राखिँदैछ । तर, कति समय कुलिङ पिरियड राख्ने भन्नेमा पनि मत मिलेको छ ।
यो विषयमा पनि छलफल जारी छ । छलफल सकाएर आजै विधेयक पारित गर्ने गरी बैठक राखिएको समिति सचिवालयले जनाएको छ ।