Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर रहेको संकेत दिएपछि श्रीमतीले गरिन् डिभोर्स फाइल !





एथेन्स ।

एक ग्रिक महिलाले आफ्नो पतिको कफीको कपको तस्बिर च्याटजीपीटीमा देखाएर भविष्यवाणी गराएपछि १२ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने प्रयास गरेकी छन् । दुई सन्तानकी आमा रहेकी ती महिलाले च्याटजीपीटीले दिएको उत्तरलाई यथार्थ ठानेर सोही आधारमा डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् ।

ओपनएआईले तयार गरेको एआई च्याटबट च्याटजीपीटीमा उनले परम्परागत तासेग्राफी (कफी घुलिसकेपछि बाँकी रहेको अवशेषबाट भविष्यवाणी गर्ने विधि) को सहारा लिँदै पतिको कपको तस्बिर पठाएकी थिइन् । च्याटजीपीटीले दिएको जवाफमा उनको श्रीमान् एक युवतीसँग प्रेम सम्बन्धमा रहेको र ती युवतीले परिवार बिगार्ने प्रयास गरिरहेकी बताएको थियो ।

यो जवाफलाई गम्भीर रूपमा लिएकी महिलाले तुरुन्तै श्रीमान्लाई घरबाट निस्कन भनिन्, बच्चाहरूलाई डिभोर्सको बारेमा जानकारी दिइन्, र केही दिनमै कानुनी प्रक्रिया थालिन् । श्रीमान्‌ले एक ग्रिक टेलिभिजन कार्यक्रम ‘To Proino’ मा घटनाको खुलासा गरेका छन् । “उनी प्रायः नयाँ ट्रेन्डहरूमा रमाउँछिन्,” उनले भने, “एक दिन उनले हामीलाई ग्रिक कफी बनाएर रमाइलोका लागि कपको फोटो खिचिन् र च्याटजीपीटीलाई देखाइन् ।”

उनका अनुसार कपको फोटो हेरेर एआईले एउटा ‘E’ अक्षरबाट सुरु हुने महिलाको विषयमा बतायो जससँग उनी भावनात्मक रूपमा जोडिने भविष्यवाणी गरिएको थियो । पत्नीको कपमा भने पति पहिले नै सम्बन्धबाहिर रहेको र अर्को महिलाले घर बिगार्न खोजिरहेको उल्लेख गरिएको थियो । “मैले त यो कुरा मजाकमै लिएँ,” उनले भने, “तर उनले गम्भीर रूपमा लिइन् । केही दिनमै मलाई वकिलबाट डिभोर्स कागज आयो ।” श्रीमान्‌का वकिलले एआईको भविष्यवाणीलाई कानुनी आधार मान्न नपाइने भन्दै आफ्नो पक्ष निर्दोष रहेको बताएका छन् ।