Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आईपीएलका बाँकी खेल मे १७देखि हुने





एजेन्सी ।
इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी जेठ ३ गते (१७ मे) देखि सुरु हुने भएका छन् ।
यसअघि कश्मीरको सीमामा भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारण मे ९ का दिन आईपीएल एक साताका लागि स्थगित भएको थियो ।
आईपीएलका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।
आईपीएलको प्ले अफको स्थान भने निर्णय हुन बाँकी छ । तथापि मिति भने पक्का भइसकेको छ ।
पहिलो क्वालिफायर २९ मे तथा इलिमिनेटरको खेल ३० मे मा हुनेछ । १ जुनमा दोस्रो क्वालिफायर हुनेछ ।
यसअघि ८ मे का लागि धर्मशालामा हुने भनिएको पन्जाब किङ र मुम्बई इन्डियन्सबीचको खेल २४ मे मा हुनेछ । यस्तै १७ मे मा कलकत्ता नाइटराइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल हुनेछ । आईपीएलको फाइनल खेल ३ जुनमा हुने तालिका छ ।