Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम मेयरकपमा सिरहा र बारा विजयी





जनकपुरधाम ।
तेस्रो जनकपुरधाम मेयर कप–२०२५ अन्तर्गत सोमबार भएको लिग चरणको खेलमा सिरहा र बारा क्रिकेट टीम विजयी भएको छ ।
सोमबारको पहिलो खेलमा सिरहाले रौतहटलाई ३६ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेका सिरहाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०९ रनको योगफल तयार पारेका थिए ।
सिरहाकालागि ओपनिङ्ग गर्न आएका राकेश कामतिले ६, अशोक पौडेल २४, क्रिस अ‍ैयरले २४, दिपेश दासले १९, रुपेश सिंह २, दिनेश बुढामगर ५, दिनेश अधिकारी ३, अशोक यादव १०, प्रदिप पासवान ७, रनको योगदान गरे ।
रौतहटकालागि आशिक बैठाले ४ ओभरमा ४ विकेट लिए भने मोहन घिमिरेले ३ र सन्नी साहले २ विकेट लिन सफल भएका थिए ।
प्रतिउत्तरमा व्याटिङ्ग गर्न आएका रौतहट टिमले १७.५ ओभरमा सवै विकेट गुमाउँदै मात्र ७३ रन बनाउन सकेका थिए । रौतहटकालागि रनविर यादव २०, राजेश यादव २१ र आशिक बैठाले १० रनको योगदान दिएका थिए भने अन्य कुनै खेलाडीले दोहरा अंक छुन सकेका थिएन् ।
सिरहाकालागि रुपेश सिंह २, प्रदिप पासवान ३, फतेह सिद्धिकीले २ विकेट लिए भने अफु्रदिन राइन र अशोक पौडेलले समान १/१ विकेट लिन सफल भएका थिए ।
सोमबारको अर्को खेलमा बारा क्रिकेट टीमले पर्सा क्रिकेट टीमलाई १ सय १२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
बाराले पर्सा क्रिकेट टीमलाई दिएको १ सय ७५ रनको विशाल लक्ष्य पछ्याएको पर्सा क्रिकेट टीम मात्र ६२ रनमा समेटिएपछि फराकिलो अन्तरको हार व्यहोरेको छ ।