Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निलम्बन फुकुवापछि क्रिकेटमा फर्किए आदिल, साम्प्रदायिक टिप्पणी गर्ने सम्सादलाई प्रतियोगिताबाट बाहिर राख्न माग





जनकपुरधाम ।
नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेपछि आदिल अन्सारी क्रिकेटमा फर्किएका छन् ।
सोमबार जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी तेस्रो मेयर कप टी–२० प्रतियोगिताको क्रममा उनले निलम्बन फुकुवापछि पहिलो खेल खेलेका हुन् ।
बारा क्रिकेट टिमबाट खेलेका अन्सारी आजको खेलमा शून्य रनमा आउट भए । पर्साविरुद्धको खेलमा अन्सारीले २ बल सामना गरेका थिए । उनी रञ्जित कुमारको बलमा आउट भए ।
क्यानले दुई वर्षअघि आयोजना गरेको नेपाल–२० लिगका क्रममा स्पट फिक्सिङ प्रकरणमा मुछिएपछि उनी निलम्बनमा परेका थिए । क्यानले उनको निलम्बन केही दिनअघि मात्रै फुकुवा गरेको थियो ।
यता जनकपुरधाममा जारी तेस्रो मेयर कप–२०२५ मा सहभागि पर्साका एक खेलाडीले खेलाडीको मर्यादा विपरीत कार्य गरेको भन्दै उनलाई मेयर कपवाट वहिस्कार गर्न माग गरिएको छ । पर्साका क्रिकेटर सम्साद अन्सारी सामाजिक सञ्जालमा साम्प्रदायिक टिप्पणी गर्दै हिन्दु धर्माबलम्बीलाई आहत पुग्ने पोस्ट लेखेका थिए । त्यसैले उनलाई मेयरकपका खेलमा सहभागी नगराउन माग गरिएको हो ।
मेयर कपमा सहभागि टिमहरु मध्ये पर्साका एक खेलाडी सम्साद अन्सारीले सामाजिक सञ्जाल फेसवुकमा हिन्दुहरुमाथि अभद्र टिप्पणी गरेको भन्दै उनलाई खेलवाट हटाउन माग गरिएको छ । सम्सादले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्–‘मुस्लिम देशमे मरवावे ना जाइके चाहि, मुस्लिमकेँ होस्पिटलमे देवेके जाइके चाहित एतना दम वा त अपन माइकेँ बचावे चाहि जन की रावन लेके गइल रहे मुस्लिम कन्ट्रिमे इ कोन भगवानके शक्ति हो जे अपन मौगीके बचावे न सकत ।’