Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

नवनिर्वाचित पोप लियोको पहिलो सम्बोधन– अब युद्ध होइन शान्तिको बाटोमा आउ





एजेन्सी ।
नवनिर्वाचित क्याथोलिक ईसाई (क्रस्चियन) धर्मगुरु पोप लियोले आइतबार भ्याटिकन सिटीबाट पहिलोपटक सम्बोधन गरेका छन् ।
आफ्नो पहिलो सम्बोधनमा उनले विश्वका शक्तिशाली देशहरूलाई ’अब युद्ध नगर्न’ अपिल गरेका छन् ।
पोप लियो युक्रेनमा शान्ति र गाजामा युद्धविरामबारे पनि बोले। साथै उनले भारत र पाकिस्तानबीच भएको युद्धविरामको पनि स्वागत गरे । उनले गाजामा भइरहेका घटनाले आफूलाई निकै दुःखी बनाएको बताए ।
पोप लियोले भारत र पाकिस्तानबीच दिगो मेलमिलापको आशा व्यक्त गरे । अनि युक्रेनका लागि ‘साँचो, वास्तविक र दिगो शान्ति’को कामना गरे । पोप फ्रान्सिसको मृत्युपछि पोप लियो हालै क्याथोलिक चर्चको नयाँ पोप निर्वाचित भएका हुन् ।
आइतबारको आफ्नो सम्बोधनमा उनले पोप फ्रान्सिसजस्तै शान्तिका लागि अपिल गरे र भने, ‘विश्वका सबै शक्तिशाली मानिस सुन, अब युद्ध होइन ।’ उनले थपे, ‘दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष भइसक्यो, तर अब हामी विश्वका साना भागहरूमा तेस्रो विश्वयुद्धको त्रासदीको सामना गरिरहेका छौँ ।’