जनकपुरधाम ।
आज वैशाख पूर्णिमा अर्थात भवगान बुद्धको जन्म दिवस । देशैभरी भगवान वुद्धको २५६९औँ जन्म जयन्ती मनाइदै छ । भगावन बुद्धको जन्म तत्कालिन मिथिला क्षेत्रको कपिलवस्तुमा भएको थियो । उनको जन्म मिथिला क्षेत्रमै भएपनि उनी जिउँदो छँदा प्रभाव भने मिथिला क्षेत्रमा पर्न सकेन ।
बौद्धहरूको प्रभाव बढ्छ भन्ने चिन्ता मैथिलहरूमा शुरु देखिनै थियो । मिथिलावासी बुद्धको प्रभाव नपरोस् भन्ने पक्षमा थिए । स्वयं बुद्धलाई पनि उनीहरूले प्रवेशमा निषेध गरेको इतिहास रहेको मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल बताउँछन् । बुद्ध जनकपुरधाम आउन खोज्दा उनलाई आउन दिइएन र उनी बाध्य भएर मखावन भन्ने स्थानमा गएर बसेकोे डा. विमल वताउँछन् ।
उनको मृत्यु भएपछि मात्र जनकपुरधाममा बुद्धको अस्तु आयो । मिथिलामा बुद्ध धर्मको प्रभाव नपरोस् भनेर अर्कै धर्मको स्थापना उनीहरूले गरेको इतिहासकारहरु बताउँछन् । यस धर्ममा पनि लोक देवताहरूलाई पुजिन थालियो । जसलाई स्मार्त धर्म भनियो ।
स्मार्त धर्ममा बैष्णव, शैव र शाक्तहरू छन् । तीन वटै समूह छुट्टाछुट्टै सम्प्रदायका रूपमा विकसित भए । उनीहरू एकआपसमा झगडा गर्दथे । बौद्ध धर्मको प्रभाव बढ्न थालेपछि उनीहरू सबै मिले । बुद्ध धर्मको विरोधमा उत्रिए । यसको नेतृत्व उदेन भन्ने व्यक्तिले गरेको इतिहासकारहरु वताउँछन । उनले तीनवटै सम्प्रदायलाई मिलाउने काम गरे ।
नयाँ धर्म र पूजाविधिको पनि छुट्टै विधान विकास गरेको डा. विमलले बताए । घरमा काली, भगवतीको पूजा गर्ने परम्परा थालियो । एउटा माटोको भाँडोभित्र भगवतीको पूजा गर्न थालियो । यो शाक्त धर्मको प्रतिक हो ।
बुद्ध कालमा आएर लोक देवीदेवताहरूका विषयमा चिन्ता गर्न थालियो । हिन्दु धर्मको बिकल्प खोज्नेहरु यस तर्फ आकर्षित भएपनि यस भित्रको कट्टर स्वभावले गर्दा गृहस्थहरुका लागि त्यति सहज हुन सकेको थिएन । त्यस समयमा अर्थात इशापूर्व छैटौं शताव्दीतिर हिन्दु धर्म ब्राह्मणहरुको कर्मकाण्डी स्वार्थले सर्व साधारणका लागि ज्यादै पीडादायी बन्दै गएको थियो ।
सनातन हिन्दु धर्मको घरभित्रै आफ्नो धर्म संस्कृति जोगिने र आफूलाई पनि सहज हुने कुनै पीडा बोध नहुने बिकल्प खोज्दै थिए ।
यता बुद्धको राजधानी कपिलबस्तु क्षेत्रमा पनि भारतीय संस्कृतिकै प्रभावमा थियो भने उपत्यकादेखि अन्य पहाडी क्षेत्रमा सनातन धर्मकै बाहुल्यता थियो । यही स्थिति मिथिलामा पनि थियो । उपत्यका लगायत केही स्थानमा बौद्ध धर्मको पनि प्रभाव देखिन्छ । जसलाई गौतमबुद्ध भन्दा अगाडिको मान्नुपर्छ ।
यहाँका शासकहरु बिशेषतः भारतको भूमिमा त्यस्तै धार्मिक उत्पीडन समेत भोगेर आएकाहरु धेरै भएकाले उनीहरुले आफ्नो शासन र सत्ता टिकाइ राख्न धार्मिक सहिष्णुतालाई अंगालेको देखिन्छ ।
अर्थात मुख्य रुपमा प्रचलनमा रहेको हिन्दु र बौद्ध परम्परालाई सँगै लैजाने प्रबृति देखिन्छ । तर भारतमा त्यति सरल थिएन । त्यही बेलामा सिद्धार्थ गौतमले मध्यममार्गको बाटो देखाए । जसलाई पछि गएर बौद्ध धर्म भनियो । यसमा धेरै भन्दा धेरै मानिसहरु प्रवेश गरे ।