Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव निर्वाचित





जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव विजयी भएका छन ।
जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वकालागि आइतवार सम्पन्न निर्वाचनमा शत्रुधन यादवलाई पराजित गर्दै धनुषा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्दी शत्रुधन यादवले १६४ मत प्राप्त गर्न सफल भए ।
त्यस्तै दुई जना उपाध्यक्षमा दिनेश प्रसाद यादव र ललित मण्डल विजयी भएका छन । यादव र मण्डलले १८० र १५० मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्दी राम शंकर पासवानले १२४ र अब्दुल मनाङ्गले ७७ मत प्राप्त गरेका छन । सचिवमा रामनारायण कापडी विजयी भएका छन । उनले ९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी उमेश महतोले ७० मत प्राप्त गरे ।
त्यसै गरि उपसचिवमा राम विहारी यादव १६० र शशिचन्द्र यादव १५७ मत प्राप्त गरि विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी दिनेश महतो ९५ र बेचन महतो ९५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरि कोषाध्यक्ष पदमा सुजिता यादव १५७ मत प्राप्त गरि विजयी भएका छन उनका निकटमत प्रतिद्वन्दी अशोक कुमार यादवले १४४ मत प्राप्त गरेका छन ।
यता मुस्लिम सदस्यमा रहमत राइन १८६, आमिन खान १७७ र नइम शेष ११९ मत प्राप्त गरि विजयी भएका छन महिला र जनजाति सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन ।