

जनकपुरधाम ।
जनकपुरधाम मेयर कपमा शनिबार भएको खेलमा भारतीय टीमहरु सितामढी र मुजफ्फरपुर विजयी भएको छ ।
शनिबारको पहिलो खेलमा भारतको सितामढी टीमले महोत्तरीलाई ३ विकेटले पराजित गरेको छ ।
शनिबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको महोत्तरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।
जवाफमा १२३ को लक्ष्य लिएर खेलेका सितामढीले १९.१ ओभरमा १२६ रन बनाउँदै प्रतियोगिताको पहिलो जित निकालेको छ ।
सितामढीको तर्फबाट प्रियान्स कुमारले अविजित ४५ रन बनाउँदा उत्कर्ष पाठकले ३४, राघर आर्याले १८, नुरैन अन्सारीले ९ र विशाल पाण्डेले अविजित ३ रन बनाए ।
बलिङमा महोत्तरीका धनवान कुमार सहनीले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिँदा कप्तान अभिशेक तिवारीले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिंग गरेको महोत्तरीको तर्फबाट नविनकुमार यादवले सर्वाधिक ४५ रन बनाएका थिए । यस्तै, मो. युसुफ आलमले १४, रविकुमार सिंह र अविनाश अधिकारीले समान १२÷१२, प्रणय साहले ११, धनवान कुमार सहनीले ९ रन बनाएका थिए ।
बलिङमा सितामढीका अनकेश झा र गुडु ए. ले समान २।२ विकेट लिँदा वैभव मिश्र, प्रियन्सु कुमार, राघव आर्या र विशाल पाण्डेले १÷१ विकेट लिए । बलिङमा एक विकेट र ब्याटिङमा अविजित ४५ रन बनाएका प्रियान्स म्यान अफ द म्यच भएका छन् ।
प्रतियोगिताअन्तर्गतको चौथो खेलमा भारतको मुजफ्फरपुरले सप्तरी टीमलाई १० विकेटले पराजित गरेको छ । जनकपुरधाम मेयर कपमा सप्तरी पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
शनिबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । ११४ रनको लक्ष्य लिएर ब्याटिङ्ग गर्न आएका मुजफ्फरपुरले १०.३ ओभरमा ११९ रन बनाउँदै १० विकेटले जित हासिल गरेको हो ।
मुजफ्फरपुरको तर्फबाट रवि शर्माले ७२ र आलोक कुमारले अविजित ४३ रन बनाए । बलिङ्गमा सप्तरीको तर्फबाट कुनै खेलाडीले विकेट लिन सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ्ग गरेका सप्तरी टिमबाट कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।
सप्तरीको तर्फबाट रोहन विकले सर्वाधिक ३१ रन बनाउँदा विकास दासले २४, पप्पु यादवले १३ र भोला साहले ११ रन बनाए। अन्य खेलाडीले दोह्रो अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङ्गमा मुजफ्फरपुरका आशिष सिंहले ३ विकेट लिँदा सचिन कुमार सिंह र हर्ष कुमारले २÷२ तथा आशुतोष कुमार र मयंक कुमारले समान १÷१ विकेट लिए । ७२ रनको अविजित पारी खेलेका रवि शर्मा म्यान अफ द म्याच भएका छन् ।
आइतबार सितामढी र धनुषाबीच तथा सर्लाही र मुजफ्फरपुरबीच खेल हुने तालिका रहेको छ । तेस्रो मेयर कपमा मधेस प्रदेशको ८ वटै जिल्ला टिम तथा भारतको ४ वटा टिम सहभागी छ ।
