Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

असार १५ भित्र शिक्षा विधेयक संसद्बाट पारित हुने सुनिश्चित भएको शिक्षक महासंघको भनाई





काठमाडौँ ।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक असार १५ भित्र प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएको बताएको छ ।
यसैकारण ८९ दिन लामो शिक्षक–कर्मचारी आन्दोलन सम्पन्न भएको महासंघले जनाएको छ ।
‘वि. सं. २०८१ माघ २० गतेबाट आरम्भ गरी नेपाल शिक्षक महासंघले ८९ दिन लामो शिक्षक–कर्मचारी आन्दोलन सम्पन्न गरेको छ। यसै क्रममा २९ दिनसम्म भव्य सहभागितामा चलेको काठमाडौँ–केन्द्रित शान्तिपूर्ण शैक्षिक सडक आन्दोलन हामी सबैको गौरवको विषय भएको छ’, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही आन्दोलनको बलमा हामीले विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरू मन्त्री परिषद्बाट निर्णयमार्फत कार्यान्वयन गराएका छौँ । त्यसैगरी २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएको छ । यसैले यो आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको हाम्रो ठहर छ ।’
आन्दोलनका क्रममा विद्यालयमा भर्ना अभियान र पठनपाठन अवरुद्ध भएकाले यसको क्षतिपूर्ति हिउँदे वा वर्षे बिदामा हुने गरी काम गर्न शिक्षक महासंघले सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई अनुरोध पनि गरेको छ ।