Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित





भ्याटिकन ।

भ्याटिकनमा आयोजित पोप कन्क्लेभको दोस्रो दिन नयाँ पोपको निर्वाचन गरिएको छ। ६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन्। उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल हुन्। उनले आफ्नो लागि पोप लियो-१४ नाम रोजेका छन्।

उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमतबाट पोप निर्वाचित भएका हुन्। सन् १९०० पछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो।

मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो जसले नयाँ पोप चयन भएको संकेत गर्‍यो।

नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए। यसअघि मे ७ मा भएको पहिलो मतदानमा कोही पनि पोप निर्वाचित भएनन्।

पोप निर्वाचित भएपछि पोप लियो-१४ ले सेन्ट पिटर बासिलिकाको बाल्कोनीबाट स्पेनी भाषामा मानिसहरूलाई सम्बोधन गरे। उनले मानिसहरूलाई अरूप्रति दया देखाउन र प्रेमका साथ बाँच्न अपील गरे।

उनले भने, ‘म फ्रान्सिसको उत्तराधिकारीको रूपमा मलाई रोज्ने सबै कार्डिनलहरूलाई धन्यवाद दिन चाहन्छु।’

पोप लियोको जन्म सेप्टेम्बर १४, १९५५ मा अमेरिकाको इलिनोइसमा भएको थियो। उनलाई पोप फ्रान्सिसको नजिकको सहयोगी मानिन्छ। उनको विचारधारा पनि पोप फ्रान्सिससँग मेल खान्छ।