Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइपीएल २०२५– ७ टीमबीच प्लेअफको होड़





एजेन्सी ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को लिग चरणमा अब १५ खेल मात्र बाँकी छन् । आईपीएल बिजनेस एन्डतर्फ अघ बढिरहँदा अब सबैको नजर प्लेअफमा हुनेछ ।
हालको अवस्थामा १० टिम मध्ये ३ टिम प्लेअफ होडबाट बाहिरिसकेका छन् भने अब प्लेअफ होडमा ७ टोलीहरू छन् । सर्वाधिक ५ पटकको विजेता चेन्नई सुपर किङ्ससँगै पहिलो संस्करणको च्याम्पियन राजस्थान रोयल्स र एकपटकको च्याम्पियन सनराइजर्स हैदराबाद प्लेअफ होडबाट बाहिरिसकेका छन् ।
७ टिम प्लेअफको होडमा रहँदा हालसम्म कुनै टोलीले शीर्ष चारमा आफ्नो स्थान पक्का भने गरिसकेका छैनन् । जसले गर्दा बाँकी खेलहरू निकै रोमाञ्चक हुने निश्चित छ ।
रोयल च्यालेन्जर्स बेंगलुरु
११ खेलमा १६ अंक, नेट रन रेटः ०.४८२
बाँकी खेलहरूः लखनउ (अवे), हैदराबाद (होम), कोलकाता (होम)
हाल १६ अंकसहित अंकतालिकामा शीर्षस्थानमा रहेको बेंगलुरुका लागि अब बाँकी ३ खेलमा १ जितले मात्र पनि प्लेअफ स्थान सुरक्षित गर्न सक्छ भने २ वा ३ जितले शीर्ष २ कै सम्भावना बलियो हुनेछ ।
यहाँबाट ३ वटै खेलहरूमा पराजित भएपनि अन्य नतिजा आफू अनुकुल भएमा बेंगलुरु प्लेअफका लागि छनोट हुनेछ ।
पञ्जाब किङ्स
११ खेलमा १५ अंक, नेट रन रेटः ०.३७६
बाँकी खेलहरूः दिल्ली (होम), मुम्बई (होम), राजस्थान (अवे)
पञ्जाबले अब बाँकी ३ मध्ये २ खेल मात्र जितेमा पनि १९ अंकसहित प्लेअफमा स्थान पक्का हुनेछ। बाँकी सबै तीन खेल जितेमा शीर्ष दुईमा नै फिनिस पनि गर्न सक्छन् ।
पञ्जाबको ३ मध्ये २ खेल शीर्ष पाँच भित्रका टोलीहरूसँगै भएकाले प्रत्येक खेल महत्वपूर्ण हुनेछ। सबै खेल हारेमा भने पञ्जाब बाहिरिन पनि सक्ने छ ।
मुम्बई इन्डियन्स
११ खेलमा १४ अंक, नेट रन रेटः १.२७४
बाँकी खेलहरूः गुजरात (होम), पञ्जाब (अवे), दिल्ली (होम)
सुरुवाती ५ खेलमा १ खेल मात्र जितेर त्यसपछि ६ खेल लगातार जितेको मुम्बई अहिले सबैभन्दा राम्रो फर्ममा देखिएको टोली हो। तीमध्ये पनि चार जित ठुलो अन्तरले आएकाले उनीहरूको नेट रनरेट सबैभन्दा उत्कृष्ट बनेको छ।
यहाँबाट बाँकी ३ मध्ये २ खेल जितेमा प्लेअफ पक्का हुनेछ भने तीन जितले शीर्ष दुईको स्थान सुरक्षित गर्न सक्छ। एक खेल मात्र जितेमा अन्य नतिजामा निर्भर हुनुपर्ने अवस्था बन्न सक्छ ।
गुजरात टाइटन्स
१० खेलमा १४ अंक, नेट रन रेटः ०.८६७
बाँकी खेलहरूः मुम्बई (अवे), दिल्ली (अवे), लखनउ र चेन्नई (होम)
गुजरातले अन्यभन्दा १ खेल कम खेलेर १४ अंकमा छ र नेट रनरेटमा पनि मुम्बईपछि दोस्रो उत्कृष्ट अवस्थामा छ। गुजरातसँग अझै चार खेल बाँकी भएकाले प्रतिस्पर्धामा राम्रो स्थानमा छन्।
दुई जितले प्लेअफ स्थान पक्का गर्नेछ भने ३ वा सबै खेल जित्दा शीर्ष २ नै पक्का हुन सक्छ तर सबै खेल हार्दा भने बाहिरिने खतरा पनि उत्तिकै छ।
घरेलु मैदानमा राम्रो रेकर्ड भएकाले अन्तिम दुई खेलमा उनीहरू जितका लागि फेभरेट नै हुनेछन् ।
दिल्ली क्यापिटल्स
११ खेलमा १३ अंक, नेट रन रेटः ०.३६२
बाँकी खेलहरूः पञ्जाब (अवे), गुजरात (होम), मुम्बई (अवे)
हैदराबादसँगको खेल नतिजाविहीन भएकाले दिल्लीले एक अंक जोडेको छ । दिल्लीले अब बाँकी तीनवटै खेल आफूभन्दा माथिका टिमसँग खेल्ने भएकाले सबै खेल जिते मात्र प्लेअफमा स्थान सुरक्षित हुनेछ ।
१५ वा १७ अंकमा पुगेमा अन्य धेरै नतिजा आफू अनुकूल हुनुपर्नेछ । सुरुवात राम्रो गरेपनि पछिल्लो ३ खेलमा लगातार हार बेहोरेसँगै हालको फर्म अनुसार दिल्लीलाई चुनौतीपूर्ण देखिन्छ।
कोलकाता नाइट राइडर्स
११ खेलमा ११ अंक, नेट रन रेटः ०.२४९
बाँकी खेलहरूः चेन्नई (होम), हैदराबाद र बेंगलुरु (अवे)
कोलकाताका लागि प्लेअफमा पुग्न बाँकी ३ वटै खेल जित्नुपर्ने अवस्था छ जसले उनीहरू १७ अंकमा पुग्ने छन् र त्यहाँ पनि केही अन्य नतिजा हेर्नुपर्ने अवस्था आउन पनि सक्छ।
१५ अंकले मात्र पनि कोलकातालाई बाहिरी सम्भावना दिन सक्छ तर त्यसमा अन्य नतिजाहरू कम्प्लेक्स तरिकाले आफ्नो अनुकुल हुनुपर्नेछ जुन आजकै खेलबाट देखिनेछ ।
लखनउ सुपर जायन्ट्स
११ खेलमा १० अंक, नेट रन रेटः –०.४६९
बाँकी खेलहरूः बेंगलुरु (होम), गुजरात (अवे), हैदराबाद (होम)
लखनउले पनि सुरुवातमा डोमिनेटिङ प्रदर्शन गर्दा पछिल्ला पाँच मध्ये चार खेल हारिसकेको छ, जसले गर्दा उनीहरूको लय कमजोर देखिँदा प्लेअफ सम्भावना सबैभन्दा न्यून छ ।
अब सबै बाँकी खेल जितेमा १६ अंकमा पुग्नेछ भने अन्य नतिजा पनि अनुकूल भएमा प्लेअफ सम्भावना रहनेछ। यहाँबाट अर्को हारले लखनउ प्लेअफ होडबाट बाहिरिनेछ ।