Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जानकी नवमीको अवसरमा दुधमतीमा गरियो शाही स्नान (फोटो फिचर)





जनकपुरधाम ।
जानकी जन्म महोत्सव जनकपुरधामसहित मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइदै छ । सो अवसरमा साधु सन्तहरु एकाबिहानै दुधमती नदीमा शाही स्नान गरेका छन् । जानकी नवमीको अवसर पारेर दुधमतीमा स्नान गर्ने परम्परा अनुसार मंगलबार साधु सन्तसहित श्रद्धालु भक्तजनहरु शाही स्नानमा सहभागी भएका थिए ।
शाही स्नानकालागि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको नेतृत्वमा शाही स्नानकालागि पुगेका साधुसन्तहरुको टोलीलाई दुधमती सरोकार समितिका अध्यक्ष सुदीप मण्डलले स्वागत गरेका थिए ।
जानकी नवमीलाई भव्य बनाउनकालागि आज दिनभरी मन्दिरमा मंगलधुन बजाइनुका साथै विशेष आरती, झँकी तथा धार्मिक कार्यक्रमहरुको आयोजना गरिएको छ । यस अवसरमा जानकी मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइचो लागेको छ ।
जानकी नवमीको मुल दिन आज विभिन्न कार्यक्रमहरुको आयोजना गरिएपनि साधुसन्त तथा श्रद्धालु भक्तजनहरु बसविट्टीस्थित दुधमती नदी पुगेर शाही स्नानमा सहभागी भएका थिए ।
दुधमती नदीको मिथिलामा महत्व
त्रेता युगदेखिको इतिहास बोकेको सो नदी धनुषा र महोत्तरी जिल्ला भएर बग्दछ । त्रेतायुगमा माता सीतालाई दूध खुवाउन कामधेनु गाई धर्तीमै आएकी थिइन् । कामधेनु गाईले आफ्नो स्तनबाट दूधको धारा बहाएपछि सो नदी बनेको धार्मिक मान्यता रहि आएको छ । मिथिलावासी यो नदीमा विभिन्न पर्वहरुमा स्नान गर्दै आएका छन् ।

फोटो– आदर्श साह