Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आईपीएल : हैदराबादमाथि वर्षा बाधक





हैदराबाद ।

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल वर्षाका कारण पूरा हुन पाएन । यससँगै दुवै टिमले १–१ अंकमा चित्त बुझाएका छन् ।

यो नतिजासँगै हैदराबादको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । १ सय ३४ रनको लक्ष्य पाएको हैदराबादले वर्षा भएपछि जवाफी इनिङ्सको एउटै बल खेल्न पाएन । गत वर्षको उपविजेता हैदराबादलाई प्रतियोगितामा कायम रहन यो खेल जित्नैपर्ने थियो, तर भाग्यले उसलाई साथ दिएन ।

यो खेलपछि दिल्ली १३ अंकमा पाँचौं स्थानमा रह्यो । दिल्लीलाई पनि यो नतिजाले घाटा पुग्नेछ । हैदराबाद भने ७ अंकसहित आठौं स्थानमा रह्यो । राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सको पनि प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

टस जितेर हैदराबादले पहिले फिल्डिङको निर्णय गरेको थियो । यो सही पनि साबित भयो । कमजोर सुरुआत लिएको दिल्ली २० ओभरमा ७ विकेट गुमाई १ सय ३३ रनमै समेटिएको थियो । इनिङ्सको पुछारतिर ट्रिस्टन स्टब्स र आशुतोष शर्माले समान ४१ रन बनाएपछि मात्र स्कोर केही सम्मानजनक देखिएको थियो । स्टब्स ३६ बलमा ४ चौका प्रहार गरेर नटआउट रहे । शर्माको २६ बलको इनिङ्समा भने २ चौका र ३ छक्का सामेल थियो । त्यसअघि दिल्लीले २९ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको थियो । ओपनर करुण नायर इनिङ्सको पहिलो बलमै शून्यमा आउट भएपछि टिमले सम्हालेर खेल्न सकेन । फाफ डु प्लेसिस ३, अशिषेक पोरेल ८, केएल राहुल १० र कप्तान अक्षर पटेल ६ रनमै आउट भएका थिए । विपराज निगमले १ चौका र १ छक्कासहित १८ बनाएर आउट भए ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले घातक बलिङ गरे । उनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । उनका तीनै सिकार दिल्लीको माथिल्लो क्रमका ब्याटर थिए ।