Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामभद्राचार्यजी महाराजले भने –नेपाल र भारत दूबै हिन्दु राष्ट्र हुनु पर्छ





जनकपुरधाम ।
जगदगुरु रामभद्राचार्यजी महाराजले नेपाल र भारत दूबै देश हिन्दु राष्ट्र हुनेपर्ने बताएका छन् । नेपालमा हिन्दु राष्ट्रसहित राजसंस्था पुनस्र्थापनाकालागि आन्दोलन चलिरहेको समयमा रामभद्राचार्यजी महाराजले नेपाल मात्रै होइन भारत पनि हिन्दु राष्ट्र हुनुपर्ने बताए ।
जानकी नवमीको पूर्वसन्ध्यामा जनकपुरधाम आइपुगेका रामभद्राचार्यजी महाराज जानकी मन्दिरमा पूजा अर्चना पश्चात संचारकर्मीहरुसंग कुराकानी गर्दै भने ‘एउटै हिन्दु राष्ट्र थियो त्यसलाई पनि बर्बाद पारियो, अब समय आईसकेको छ नेपाल मात्रै होइन् भारतपनि हिन्दु राष्ट्र हुनु पर्छ ।’ नेपालमा धर्मान्तरण बढिरहेकोप्रति समेत उनले चिन्ता व्यक्त गरे ।
पछिल्लो समय मिथिला क्षेत्रमा मद्यमांश सेवन गर्नेहरुको संख्या बढिरहेको तर्फ इंगित गर्दै उनले मिथिलावासीलाई मद्यमांशबाट टाढै रह्न अपिल समेत गरे ।