

जनकपुरधाम ।
जगद्गुरू रामभद्राचार्य जी महाराजले जनकपुरधामस्थित जानकी मन्दिर पुगेर पूजा अर्चना गरेका छन् ।
जानकी नवमीको पूर्व सन्ध्यामा सोमबार जनकपुरधाम आई पुगेका रामभद्राचार्य जी महाराजले जानकी मन्दिरमा पूजा अर्चना गर्नु पूर्व उनलाई भव्य स्वागत गरिएको थियो । यसका साथै मिथिलानी महिलाहरुले उनलाई डहकन गीत गाएर समेत सुनाएका थिए ।
जानकी मन्दिर पुगेका रामभद्राचार्य जी महाराजले पछिल्लो समय धर्म संस्कृतिमाथि बढिरहेको आक्रमणको विरुद्ध एकजुट हुन आग्रह गरेका छन् । सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले हिन्दु धर्माबलम्बीहरु एक हुनु अहिलेको आवश्यक्ता रहेको र हिन्दु धर्ममाथि भईरहेको आक्रमणको प्रतिकार गर्न हिन्दु धर्माबलम्बीहरुलाई तत्पर रह्न समेत आह्वान गरे ।

फोटो– आदर्श साह
