Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भक्तपुरमा कक्षा १२को परीक्षाको प्रश्नपत्र बाहिरिएपछि अनुसन्धान शुरु





काठमाडौं ।
भक्तपुरको गुण्डुस्थित काठमाडौं वल्र्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्ड छानविन सुरु गरेको छ ।
काठमाडौं वल्र्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो । परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।
अनुगमन टोलीले छानविन समिति बनाएर अनुसन्धान गरिरहेको सीडीओ अर्यालले बताए ।
उनले भने,‘ परीक्षा सुरु हुनु अगावै कक्षा १२ को प्रश्न पत्र आउट भएको सूचना आएपछि हामी अनुगमनमा गएका थियौं । प्रहरी र एनईबीको आइटीको अनुसन्धान टोलीले छानविन गरिरहेको छ । ’ उनका अनुसार उक्त कलेजको परीक्षार्थीको मोवाइल जफत गरेर अनुसन्धान गरिरहेको छ ।