Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सहमतिपछि पनि आवासीय चिकित्सकहरुको आन्दोलन जारी





काठमाडौँ ।
एक महिनादेखि आन्दोलनरत आवासीय चिकित्सकले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन् ।
केही दिनदेखि आन्दोलनमा आएको चिकित्सक संघ शनिबार सरकारसँग सहमतिपछि काममा फर्किए पनि उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका आवासीय चिकित्सकले उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै आन्दोलन जारी रहेको बताएका हुन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आफूहरुसँग कुनै पनि सहमति नभएको जानकारी गराउँदै आन्दोलन यथावत रहेको बताएको छ । ’चिकित्सा शिक्षा आयोगको मिति २०८१/१०/२५ गतेको सोह्रौँ पूर्ण बैठकले निर्णय गरेबमोजिमको पारिश्रमिक करिब ३ महिनादेखि नपाएको र पटक पटक निर्देशन दिने बाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको अवस्थामा हामी हाम्रा आन्दोलनका कार्यक्रमहरु सुचारु राख्न बाध्य छौं,’ शनिबार राति विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, ’तीन महिनादेखि पारिश्रमिक नपाएका आवासीय चिकित्सकहरुलाई पारिश्रमिक दिलाउनको सट्टा ’निर्देशन दिने’, सहमति गर्ने जस्ता निर्लज्ज कृयाकलापहरुप्रती हामी गम्भीर आपत्ति प्रकट गर्दछौं ।’
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको आह्वानमा नेपालका विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय तथा अन्य चिकित्सकहरु आफ्नो हकहितका लागि विगत ३२ दिनदेखि आन्दोलनरत रहेको समितिका प्रवक्ता डा. संजय बरालले बताएका छन् ।