

सुजीतकुमार झा
जनकपुरधाम ।
कांग्रेस नेतृ सम्झना वर्माले एकचोटी उपमेयरको चुनाब लडने आफू चाहना राखेछु बताइन् । जनकपुरधामलाई परिवर्तन गर्ने नेतृत्वको आवश्यकता रहेकाले राम्रो नेतृत्वको खोजी शुरु भइसकेको चर्चा गर्दै उनले भनिन् पार्टी इमान्दार नेतृत्वलाई अगाडी ल्याउछन् त्यसमा आफू विश्वस्त रहेको छु ।
मोडेल खबरसँग कुरा गर्दै कांग्रेस नेतृ वर्माले जनकपुरधामलाई सफासुग्घर बनाउनु पर्छ जसका लागि सफाइ, जनचेतना र कडाइ तीनटै सँग–सँग लग्नु पर्ने आवश्यकता रहेको बताइन् ।
राजनीतिमा लाग्नुका कारण, एनजिओ चलाउनु लगायत विविध विषयमा उनले कुराकानी गरिन । खासगरेर जनकपुरधामको रामानन्द चोकमा भएको वमकाण्डको बेला कसरी उद्धारमा विरता देखाइन यस सम्बन्धमा पनि धारणा राखेकी थिइन् । एकप्रश्नको जबाफमा उनले भनिन् – रामानन्द चोकको बमकाण्ड घटना यस्तो दुखद् घटना हो जीवन पर्यन्त स्मरण रहन्छ ।
कांग्रेस नेतृ सम्झना वर्मासँगको लामो कुराकानी केहीबेरमा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न एवं सुन्न सकिन्छ ।

