Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल खबरमा राजनीतिकर्मी डा. राजिव झा, उहाँले भन्नुभयो – भ्रष्टाचारीलाई फाँसी दिनुपर्छ

‘आतंकवाद विरुद्ध संसारभरी अभियान चलाउनु पर्छ’





सुजीतकुमार झा
जनकपुरधाम ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता डा. राजिव झाले भ्रष्टाचारीलाई फाँसी दिनुपर्छ यसको पक्षका आफू रहेको बताउनुभयो । भ्रष्टाचारीका कारण संघीयता कमजोर भएको म मान्दिन संघीयतालाई समाप्त गर्न देशका केही व्यक्ति लागेको बताउँदै उहाँले भन्नुभयो – जति षडयन्त्र गरेपनि संघीयता समाप्त हुन सक्दैनन् ।
मोडेल खबरसँग कुरा गर्दै डा. झाले प्रदेश सरकारका कामकाजमा आलोचना गर्ने निकै ठाउँ रहेको छ यसकारण नै भ्रष्टाचारका कुरोहरु उठीरहेको उल्लेख गर्नुभयो ।


नेपाल भारत खुल्ला सीमा संवाद समूहका अध्यक्ष समेत रहेका झाको नेतृत्वमा अहिले आतंकवाद विरुद्ध जनकपुरधाममा अभियान चलिरहेको छ । भारतको काश्मीरमा पर्यटकहरु माथि भएको हमलाको उहाँ निकै विरोध गर्नुभयो । उहाँले भन्नुभयो – आतंकवाद विरुद्ध संसारभरी अभियान चलाउनु पर्छ त्यसमा सबै लाग्नुपर्छ ।
डा. झासँगको लामो कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा केहीबेरमा सुन्न एवं हेर्न सकिन्छ ।