

जनकपुरधाम ।
जनकपुरधामको ऐतिहासिक कपालमोचनी सरमा नुहाउनेहरुको दिनभरी भीड़ लागेको थियो । अक्षय तृतीयाका दिन कपालमोचनी सरमा नुहाउँदा विशेष फलप्राप्त हुने जनविश्वास रहेको छ । नुहाउनेमा महिलाहरुको संख्या निकै रहेको थियो । त्यहाँ प्रसादी मुरही, कचरी बेच्नेहरु पनि स्टाल लगाएका थिए ।
अक्षय तृतीयाको अवसरमा कपालमोचनी सरमा नुहाउने वर्षोदेखि परम्परा रहे्को छ ।

