Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

यु–१६ क्रिकेटकालागि खेलाडी छनौट गर्न जनकपुरधाममा छनौट प्रतियोगिता शुरु





जनकपुरधाम ।
धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा यू–१६ पुरुष क्रिकेट खेलाडी छनौट प्रतियोगिता जनकपुरधामस्थित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालामा सुरु भएको छ । एसिया कप लक्षित टोली निर्माणका लागि सञ्चालन गरिएको यो प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरूलाई प्रदेशस्तरीय टिममा प्रतिनिधित्व गराउने तयारी गरिएको छ ।
धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेका अनुसार प्रतियोगिता यू–१६ राष्ट्रिय टिम गठन प्रक्रियाको पहिलो चरणको रूपमा लिइएको छ । ‘हामीले एसिया कपको तयारीका लागि आधार बलियो बनाउने सोचका साथ जिल्ला स्तरबाट टिम छनौटको प्रक्रिया सुरु गरेका हौं,’ पाण्डेले भने ।
उनका अनुसार प्रतियोगिताका लागि खेलाडीहरूलाई सार्वजनिक रूपमा नाम दर्ता गर्न आह्वान गरिएको थियो । प्राप्त नामहरूलाई विश्लेषण गर्दै कुल पाँच टिम बनाइएको छ । जसअन्तर्गत प्रत्येक खेलाडीले कम्तीमा चारवटा म्याच खेल्न पाउने छन् । सबै टिम एक–अर्कासँग प्रतिस्पर्धा गर्ने र त्यसै आधारमा उत्कृष्ट खेलाडीको छनौट गरिनेछ ।
खेलाडी छनौटको जिम्मेवारी पूर्व अन्तर्राष्ट्रिय प्रशिक्षक नवीन कुमार सिंह, पूर्व राष्ट्रिय खेलाडी लाला गुनवन्त सिंह, सचिन कुमार सिंह र जिल्ला टिमका अन्सारुल राइनको चयन समितिले पाएको छ । छनौट समितिका प्रमुख नवीन कुमार सिंहले यू–१६ उमेर समूहलाई लक्षित गर्दै भविष्यको राष्ट्रिय टिम निर्माणको लागि आजैदेखि गम्भीर तयारी गरिनु आवश्यक रहेको बताए ।