Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आन्दोलन कमजोर नबनाउन शिक्षक महासंघको अपिल





काठमाडौं ।
नेपाल शिक्षक महासंघले आन्दोलनलाई कमजोर नबनाउन अपिल गरेको छ । बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने निष्कर्ष निकालेको हो ।
“आजको आन्दोलन कमजोर भयो भने वार्तामा हामीलाई कमजोर बनाउन सक्छन् । त्यसैले आन्दोलनमा सबै सहभागी हुनुहोला,“ बैठकपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।
सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।