Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१४ वर्षिय वैभव सूर्यवंशीको आइपीएलमा सनसनीपूर्ण पारी, ३५ बलमा पूरा गरे शतक





एजेन्सी ।
राजस्थानका वैभव सूर्यवंशीले सोमबार भएको गुजरात टाइटानसँगको इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा ३५ बलमा शतक प्रहार गरे। २१० रनको लक्ष्य पुरा गर्ने क्रममा सूर्यवंशीले ११ छक्का र सात चौका प्रहार गरे । उनले १७ बलमा नै अर्धशतक प्रहार गरेका थिए ।
यस क्रममा उनले इशान्त शर्माको एउटै ओभरमा २६ रन प्रहार गरेका थिए । आईपीएलको पहिलो खेल खेलिरहेका करिम जनतको एउटै ओभरमा उनले ३० रन प्रहार गरे । जनतले सो खेलमा अर्को ओभर बलिङ गरेनन् । ३५ औं बलमा रासिद खानलाई छक्का हिर्काउँदै १०ओभर २ बलको खेल चलिरहँदा सूर्यवंशीले शतक पूरा गरेका हुन् । त्यसपछि ३६ औं बलमा एक रन जोडेका उनले ३७ औं बल डट खेले भने ३८ औं बलमा प्रसिद्ध कृष्णबाट आउट भए ।
आईपीएललको दोस्रो तेज शतक
सूर्यवंशीको शतक आईपीएलको दोस्रो तेज शतक हो । यस भन्दा अघि सन् २०१३ को आईपीएलमा क्रिस गेलले पुने वारियरविरुद्धको खेलमा रोयल च्यालेन्जर बंगलोरुका लागि ३० बलमा नै शतक प्रहार गरेका थिए ।
गेलले ईश्वर पाण्डेको एउटै ओभरमा २१ तथा मिचेल मार्सको ओभरमा २८ रन प्रहार गर्दै १७ बलमा अर्धशतक प्रहार गरेका थिए । उनले एरोन फिन्चको एउटै ओभरमा २९ रन प्रहार गरेपछि नवौँ ओभरमा शतक पुरा गर्न सफल भएका थिए । १७५ रनमा अविजित रहेका उनले बलिङ गर्ने क्रममा दुई विकेट समेत लिएका थिए ।
त्यो खेलपछि १४ वर्षीय सूर्यवंशी पुरुष टी–२० मा सबै भन्दा कम उमेरमा शतक प्रहार गर्ने खेलाडीको रूपमा समेत कीर्तिमान राख्न सफल भए । उनले आईपीएलमा भने तेस्रो खेलमा नै शतक प्रहार गरेका हुन् ।
वैभव भन्दा अघि आईपीएलमा सबै भन्दा छिटो शतक प्रहार गर्ने भारतीय खेलाडी युसुफ पठान थिए । सन् २०१० मा पठानले ३७ बलमा शतक प्रहार गरेका थिए । मुम्बईले दिएको २१३ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि ५७ बलमा १४३ रन आवश्यक थियो । त्यस पछिको ११ बलमा उनले ५४ रन प्रहार गरेका थिए ।
उनले अलि मुर्ताजाको एउटै ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए । त्यस पछिको लगत्तैको ओभरमा उनले आर सतिसको एउटै ओभरमा २४ रन प्रहार गरेका थिए । त्यस समयमा उनले आईपीएलको सबै भन्दा छिटो शतकको रूपमा कीर्तिमान कायम गरेका थिए । उनी रन आउट हुँदा राजस्थानका लागि १७ बलमा ४० रन आवश्यक थियो । सो टोली चार रनले पराजित भयो । राजस्थानका कप्तान सेन वाटसनले त्यस समयमा आफूले देखेको मध्य सीमित ओभरको क्रिकेटको सबै भन्दा उत्कृष्ट पारीको रूपमा व्याख्या गरेका थिए ।
यो अभूतपूर्व सफलता पछि सूर्यवंशीले यशस्वी जयसवालले दिएको आत्मविश्वास नै मुख्य कारण भएको बताए । उनले बलरको परिचय भन्दा बढी बलमा ध्यान गएको बताए ।
कमजोर थिएनन् गुजरातका बलर
सूर्यवंशीको विरुद्धमा ६ बलरले बलिङ गरेका थिए । यी मध्य चार जना भारतीय तथा दुई जना अफगान राष्ट्रिय टोलीको प्रतिनिधित्व गरी सकेका खेलाडी थिए ।
मोहम्मद सिराज अनुभवी भारतीय बलर हुन् । इशान्त शर्मा पनि भारतीय राष्ट्रिय टोलीको अनुभव भएका बलर हुन् । यस आईपीएलमा सबै भन्दा सफल तथा अहिलेसम्म सबै भन्दा बढी विकेट लिएका प्रसिद्ध कृष्णले तुलनात्मक रूपमा कम रन दिए । उनले चार ओभरमा ४७ रन खर्चिए । उनकै बलमा सूर्यवंशी आउट पनि भए । यसैगरी रसिद खानले चार ओभरमा २४ रन दिए ।
अफगानिस्तानका अन्तर्राष्ट्रिय अनुभव बोकेका अलराउण्डर करिम जनतका लागि भने पहिलो खेल नै बिर्सन लायक बनेको हो । यी सूर्यवंशी आउट भएपछि गुजरातले साइ किशोरलाई प्रयोग गरेको थियो । किशोरले १ ओभरमा १६ रन खर्चिए ।
सूर्यवंशीले राजस्थानका कप्तान सञ्जु सामसन घाइते भएपछि मात्र मौका पाएका हुन् । पहिलो दुई पारीमा उनले ३४ र १६ रन प्रहार गरेका थिए ।
यस अघि अस्ट्रेलियासँगको यु–१९ टेस्टमा पनि ५८ बलमा शतक प्रहार गरेर उनले सनसनी फैलाएका थिए । उनले यू–१९ एसिया कपमा पनि दुई अर्ध शतक प्रहार गरेका थिए ।
राजस्थानका ब्याटिङ प्रशिक्षक विक्रम राठौर भने आफूले वैभवको खेल प्रतिको लगाव र आकर्षणका कारण यसै किसिमको अस्वाभाविक प्रदर्शनको अपेक्षा गरेको बताउँछन् । ‘उनले यसो गर्न सक्छन् भन्ने मलाई थियो । नेटमा ब्याटिङ गर्ने क्रममा जोफ्रा आर्चरकै बलमा ब्याटिङ गर्ने गरेका थिए, ’ आर्चर नेटमा अभ्यास गर्न सबै भन्दा कठिन बलर मानिन्छन् ।
कम उमेरमै सफल भारतीय खेलाडी
सूर्यवंशी कम उमेरमा नै भारतीय राष्ट्रिय टोलीमा प्रवेश पाउने सम्भावना छदै छ । कम उमेरमा सफल हुने भारतीय खेलाडी मध्य उनको स्थान कहाँ भन्ने चासो धेरैको बढ्न थालेको छ ।
भारतीय क्रिकेटका आदर्श सचिन तेन्दुलकरले १६ औँ वर्षमा सन् १९८९ मा पाकिस्तानसँगको खेल मार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । विकेट किपर ब्याट्सम्यान पार्थिव पटेल पनि १७ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय क्रिकेटका प्रवेश पाउन सफल भएका थिए ।
अहिलेका नाम चलेका मनिन्दर सिंहले पनि सन् १९८० को दशकमा भारतीय टोलीलाई धेरै सफलता दिलाएका थिए । उनी १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा प्रवेश पाउन सफल भएका थिए ।
हभरजन सिह, लक्ष्मण रमन शुक्ल र शुभमन गिल कम उमेरमा नै सनसनी फैलाउने अन्य भारतीय खेलाडी हुन् । यसमध्य वैभवको स्थान कहाँ र राष्ट्रिय टोलीमा प्रवेश कहिले भन्ने प्रश्न उठेको छ । सायद अबको केही वर्ष उनी प्रतिको चासो सर्वत्र रहने छ । साथै अबको लामो समय यो पारी भारतीय मात्र होइन विश्व क्रिकेटले सम्झी रहने छ ।