Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वैभवको शतकमा राजस्थानले गुजरातलाई सहजै हरायो





एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को ४७औं खेलमा राजस्थान रोयल्सले फराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गरेको हो । गुजरातले दिएको एक सय १० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो ।
उसका लागि १४ वर्षका किशोर ओपनर वैभव सूर्यवंशी १०१ रन बनाएर आउट भए । उनलाई प्रसिद्ध कृष्णाले बोल्ड गरे । १४ वर्षका वैभवले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
उनले १८औं सिजनमा सबैभन्दा कम बलमा अर्धशतक पनि बनाएका छन् । उनी सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीसमेत बने। समग्रमा हेर्दा उनले दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका हुन् ।
यस्तै यशस्वी जायसवालले ७० रन बनाउँदा नितीश राणाले ३५ रनको योगदा दिए । गुजरातका प्रसिद्ध कृष्णा र रासिद खानले एक एक विकेट लिए ।
त्यसअघि सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २१० रनको लक्ष्य दिएको थियो ।
जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले बलिङ रोजेको थियो । गुजरातले ४ विकेट गुमाएर २०९ रन बनायो । शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाए । राजस्थानबाट महिश तीक्षणाले २ विकेट लिए भने सन्दीप शर्मा र जोफ्रा आर्चरले १÷१ विकेट लिए । हारपछि पनि गुजरात तेस्रो स्थानमा यथावत् छ भने राजस्थान आठौं स्थानमा छ ।