

जनकपुरधाम ।
जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको सहायक क्याम्पसका लागि ७ जना शिक्षकले आवेदन दिएका छन् । आवेदन दिएका मध्ये उपप्राध्यापक चन्द्रदेव पाठकले ३ संकायका सहायक क्याम्पस प्रमुखका लागि आवेदन दिएका छन् । उहाँले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकायका लागि आवेदन दिएको जानकारी क्याम्पसले दिएको छ ।
यसैगरी मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ उपप्राध्यापक विनिता ठाकुरले, व्यवस्थापन संकाय तर्फ उपप्राध्यापक विनोदलाल कर्ण र उपप्राध्यापक डा. दिलिपलाल कर्ण, विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ उपप्राध्यापक डा. विपिनकुमार राय, शिक्षा संकायको तर्फ उपप्राध्यापक वीरेन्द्रकुमार यादव र सहप्राध्यापक सूर्यकान्त साह रहेका छन् ।
सूचनामा अन्तरवार्ताका लागि तालिका पछि प्रकाशन गरिने जनाएको छ । सहायक क्याम्पसको छनौट प्रकृया धेरै अगाडी बढेपनि छनौट समितिको सस्पेन्स अहिलेपनि कायमै रहेको छ । सूचनामा कस्को सही रहेको विषयलाई लिएर राराबका शिक्षकहरुको फेसबुक ग्रुपमा निकै टीकाटिप्पणी भइरहेको छ । समान्यतया छनौट समितिको संयोजकको सही रहने गरेको छ ।
नामनछाप्ने सर्तमा एकजना शिक्षकले मोडेल खबरलाई भने यदि छनौट समितिमा जानकार विशेषज्ञ रहेको भए भाषागत त्रुटी हुने थिएन । सामाजिकको ठाउँमा समाजिक लेखिएको छ भने सूर्यकान्तको नाउँमा पनि भाषागत त्रुटी रहेको उहाँले बताए । अन्तरवार्ता शब्दपनि अशुद्ध रहेको देखिएको छ ।

