Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भेरी अस्पतालको मेडिकल स्टोरमा आगो लाग्दा कम्तिमा ३ करोडको क्षति, आकस्मिक बाहेकका सेवा २ दिन बन्द





काठमाडौं ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएकाले आइतबार र सोमबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिए ।
शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा) मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।
भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीन/चार करोड क्षति भएको अनुमान गरिएको मेसु डा. सुवेदीले जानकारी दिए ।
यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विवरण पत्ता लगाउन अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिलाई जतिसक्यो छिटो प्रतिवेदन बुझाउन भनिएको मेसु डा. सुवेदीले बताए ।
अस्पतालको ओपीडी बिल्डिङमा लागेको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो । त्यसक्रममा बिल्डिङभरी पानी र जलेका/नजलेका सामानहरु छरपस्ट छन् ।