

एजेन्सी ।
वर्षाले पञ्जाब किंग्स सँगको खेल अवरुद्ध भएपछि साबिक विजेता कलकत्ता नाइट राइडर्सको यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) प्ले अफ प्रवेशको सम्भावना न्यून बनेको छ ।
शनिबार भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको कलकत्ताले पहिलो ओभरमा ७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो ।
बराबरीपछि कलकत्ता ७ अङ्क सहित सातौँ स्थानमा छ । यसैगरी पन्जाब ११ अङ्क सहित चौथो स्थानमा छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले चार विकेटको क्षतिमा २०१ रन जोडेको थियो । पन्जाबका प्रियांश आर्य र सिंहले पहिलो विकेटका लागि १२० रनको साझेदारी गरे । आर्यले ३५ बलमा ६९ तथा प्रभ्सीरमनले ४९ बलमा ८३ रन जोडे ।
स्लो पिचमा सुनिल नारायण र वरुण चक्रवर्तीले कुल ८ ओभरमा ७४ रन खर्चिए । यसैगरी स्लो बल विशेषज्ञ हर्षित रानाले ४ ओभरमा २७ रन खर्चिए । प्रभ्सीरमनले आफूले सामना गरेको अन्तिम १७ बलमा ४९ रन जोडे । उनले कप्तान श्रेयास ऐयारसँग ४० रनको साझेदारी गरे । ऐयरले सो साझेदारीमा ५ रनको योगदान गरेका थिए । प्रभ्सीरमन आउट भएपछि आक्रामक बनेका ऐयारले अविजित रहँदै १६ बलमा २५ रन बटुले ।
