Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रादेशिक अस्पतालमा सुधारको माग गर्दै सिरहामा युवाहरुले लगाए ताला





जनकपुरधाम ।
सिरहामा युवाहरूले प्रादेशिक अस्पताल सिरहामा चरम भ्रष्टाचार, अनियमितता, सेवामा लापरबाही तथा बिरामीमाथिको शोषणविरुद्ध आवाज उठाउँदै स्थानीय युवाहरूले अस्पताल सुधारका लागि आन्दोलन सुरु गरेका छन् ।
यसै क्रममा, युवाहरूको एक समूहले अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सुनिल कुशवाहाको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीहरूका अनुसार अस्पतालमा व्यापक सुधार गर्नुपर्ने भन्दै १७ बुँदे मागसहित तीन दिन अगाडि अल्टिमेटम दिइएको थियो । तर, मागप्रति कुनै चासो नदिएको भन्दै बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ ।
सिरहाली युवाहरूले अस्पतालमा व्यापक अनियमितता भएको गम्भीर आरोप लगाएका छन् । उनीहरूका अनुसार अस्पतालमा बिरामीले पाउनु पर्ने निःशुल्क औषधी र सेवा सुविधाबाट वञ्चित भइरहेका छन् । अस्पताल प्रशासन औषधी खरिदमा समेत कमिसनको चलखेलमा मुछिएको आरोप लागेको छ ।