Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गौतम गम्भीरलाई ‘आइएसआइएस कश्मीर’ले दियो ज्यान मार्ने धम्की





एजेन्सी ।
भारतीय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरलाई आतङ्कवादी समूह ‘आइएसआइएस कश्मीर’ले ज्यान मार्ने धम्की दिएको छ ।
भारतीय जनता पार्टी (भाजपा) का पूर्व सांसद समेत रहेका गम्भीरलाई जम्मू र कश्मीरको पहलगाममा हालै भएको आतङ्कवादी आक्रमणपछि धम्की आएको हो ।
भारतको समाचार संस्था इन्डिया टुडेको एक समाचारअनुसार, गम्भीरलाई इमेलमार्फत धम्की प्राप्त भएको थियो । धम्कीमा लेखिएको थियो, “म तिमीलाई मार्छु ।”
धम्कीपछि गम्भीरको कार्यालयले दिल्ली प्रहरीमा सम्पर्क गरी औपचारिक उजुरी दर्ता गरेको छ । गम्भीरले आफ्नो परिवारको सुरक्षाका लागि आवश्यक कदम चाल्न प्रहरीसँग अनुरोध गरेका छन् ।
समाचार एजेन्सी एएनआईले गम्भीरको कार्यालयलाई उद्धृत गर्दै भनेको छ, “पूर्व भाजपा सांसद तथा भारतीय क्रिकेट टोलीका वर्तमान मुख्य प्रशिक्षक गौतम गम्भीरलाई ‘आइएसआइएस कश्मीर’बाट ज्यान मार्ने धम्की प्राप्त भएको छ । बुधवार उनले दिल्ली प्रहरीमा उजुरी दर्ता गरी आफ्नो परिवारको सुरक्षाका लागि आवश्यक उपाय अपनाउन अनुरोध गरेका छन् ।”
गम्भीरलाई पहिलो पटक भने यस्तो धम्की आएको होइन । सन् २०२१ को नोभेम्बरमा सांसद रहेकै समयमा सोही प्रकारले इमेलमार्फत उनलाई यस्तै धम्की आएको थियो । त्यस बेला पनि उनले प्रहरीमा उजुरी दर्ता गरेका थिए ।