

जनकपुरधाम ।
जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको डीलमा स्व. रामनारायण मिश्र स्मृति भवनको निर्माण कार्य शुरु गरिएको थियो । यद्यपि अदालतले स्मृति भवन निर्माण कार्यमा स्टे अर्डर लगाएपछि अहिले निर्माण कार्य रोकिएको छ । तर सो भवनलाई लिएर जनकपुरधाममा अहिले पनि विवाद कायमै छ । एक पक्ष अदालतको स्टे अर्डर हटेपछि स्मृति भवन निर्माण कार्य फेरी शुरु गर्ने पक्षमा छन् भने अर्को पक्ष स्मृति भवन कुनै पनि हालतमा बन्न नदिने पक्षमा छन् ।
स्मृति भवन निर्माण कार्यलाई लिएर भईरहेको देखेर आफूलाई चकित तुल्याउनुका साथै आहत समेत भईरहेको रामनारायण मिश्रका पुत्र एवं मधेसका पूर्व प्रदेश प्रमुख हरिशंकर मिश्रले बताए । उनले आफ्नो पिताको अन्तिम संस्कारकालागि दाउरा ल्याउनु परेको थिएन, उनले भने ‘त्यो समयमा घर घरबाट धूप दिएका थिए जनकपुरधामवासीले, सोही धूपको लकड़ीबाट मेरो बुवाको अन्तिम संस्कार भएको थियो ।’ अगाडी भने ‘आज त्यही जनकपुरधामवासीमध्ये केहीले स्मृति भवन निर्माणको विरोध गरिरहेकामा आफू आहत भएको छु ।’
मिश्रले अदालतले अहिले स्टे अर्डर लगाएको छ, अदालतको आदेशको सम्मान गर्ने बताउँदै हामीसंग प्रमाण छ, अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे ।
स्मृति भवन निर्माणलाई लिएर देखिएको विवाद, अदालतले लगाएको स्टे अर्डरपछिको अवस्था तथा स्मृति भवन निर्माणमा रामनारायण मिश्रका पुत्र हरिशंकर मिश्रको भूमिका छ वा छैन लगायतका प्रश्न समेटेर कुराकानी गरेका छौँ । उहाँसंग गरिएको कुराकानी मोडेलखबरको पोडकास्ट चैनल https://www.youtube.com/@ModelKhabar आज केही बेरमा हेर्न सकिने छ ।

