Breaking 
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट | जेठ १५ गते हाइ एलर्टमा रह्न प्रहरी प्रशासनलाई आइजीपी थापाले दिए निर्देशन |

डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु





डोटी ।

डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२, दहबगरका अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए।

उनका अनुसार अन्य दुई जनाको भने परिचय खुल्न सकेको छैन। बुधवार बिहान ६ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प ०१-००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

शवहरू ट्रक र सामानले च्यापिएका कारण अहिलेसम्म शवहरू निकाल्न सकिएको छैन। ‘मानिसले निकाल्न सक्ने अवस्था भएन, त्यसकारण डोजर लगाएर शव निकाल्ने तयारी भइरहेको छ,’ उनले भने।