Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लखनउमाथि दिल्लीको रबाफ





लखनउ  ।

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको सजिलो जित दर्ता गरेको छ । यससँगै दिल्लीले १२ अंकसहित अंक तालिकाको शीर्षस्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

गुजरात टाइटन्स पनि १२ अंकमै छ । नेट रनरेटमा गुजरात अगाडि छ । हारले लखनउ १० अंकमै सीमित रह्यो । टोली पाँचौं स्थानमा छ ।

जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा २ विकेट मात्र गुमाएर १ सय ६१ रन बनाएको हो । त्यसमा केएल राहुल ५७ रन बनाएर नटआउट रहे । उनले ४२ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे । उनलाई कप्तान अक्षर पटेलले नटआउट ३४ रन योगदानसहित गतिलो साथ दिए । पटेलले २० बलमा एक चौका र ४ छक्का प्रहार गरे ।

ओपनर अभिषेक पोरेलले ३६ बलमा ५१ रन बनाए । उनको ब्याटबाट ५ चौका र एक छक्का निस्केको थियो । अर्का ओपनर करुण नयरले ९ बलमा १५ रन बनाउँदा २ चौका र एक छक्का प्रहार गरे । दुवै ओपरन एडेन मारक्रमको सिकार भए ।

टस हारेर पहिले ब्याटिङ गर्न ओर्लेको लखनउले ६ विकेटमा १ सय ५९ रन बनाएको थियो । एडेन मारक्रम र मिचेल मार्सले ठोस सुरुआत दिलाए पनि लखनउले त्यसको फाइदा लिन सकेन । मारक्रमले ३३ बलमा ५२ रन बनाए । त्यसमा २ चौका र ३ छक्का सामेल थियो ।

मार्सले भने ४५ रन जोडे । उनले ३६ बलमा ३ चौका र एक छक्का प्रहार गरे । उनीहरूले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरे । उनीहरू आउट भएपछि कसैले गतिलो योगदान दिन सकेनन् । इनिङ्सको अन्त्यतिर आयुष बदोनीले ३६ रन बनाए ।

उनले २१ बलमा ६ चौका प्रहार गरे । दिल्लीका बलरमध्ये मुकेश कुमार सबैभन्दा प्रभावशाली रहे । उनले ३३ रन खर्चेर ४ विकेट लिए । मार्स र बदोनी दुवै उनकै सिकार भएका थिए ।