Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने





काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो ।
यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्र िकेपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गरेका थिए ।