Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा





काठमाडौँ  ।

एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए।

यति लामो समयसम्म एउटा पनि बैठक नबसेको, समितिको भूमिकालाई नजरअन्दाज गरिएकोलगायत कारण आफू समितिमा नबस्ने निर्णय गरेको भट्टराईले बताए। ‘अब समितिमा बस्नुको अर्थ नभएकाले मैले आजैदेखि (मंगलबार) लागू हुने गरी समितिमा नबस्ने निर्णय गरेको छु,’ उनले भने, ‘राजीनामा समितिका संयोजक तथा अर्थमन्त्री पौडेललाई ह्वाट्सएपमा पठाइसकेको छु, अब लिखित राजीनामा अर्थ मन्त्रालयमा पठाउँछु।’

गभर्नर छनोटका विषयमा अर्थ–राजनीतिक बजारमा चर्चा–परिचर्चा चुलिँदै गएको छ, तर सिफारिस समितिको बैठक झन्डै एक महिनासम्म बसेको छैन। राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ। तर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको हो।

राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार सरकारले गत चैत ११ गते (गभर्नरको कार्यकाल नसकिँदै) गभर्नर सिफारिस समिति गठन गरेको थियो। सिफारिस समितिका सदस्यलाई पत्र दिन नै ६ दिन लागेको थियो। चैत १७ गते पत्र बुझे पनि सोमबारसम्म समितिको बैठक बस्न सकेको छैन।

खासगरी सत्तारूढ दल नेपाली कांग्रेस र एमालेबीच कसले गभर्नर बनाउने भन्ने रस्साकस्सी टुंगो नलागेकै कारण समितिको बैठक बस्न सकेको छैन। समितिको बैठक बस्न नसक्दा सदस्यहरूले यसअघि पनि असन्तुष्टि जनाउँदै आएका थिए।

नयाँ गभर्नर नियुक्तिमा ढिलाइ हुने भएपछि उपप्रधान एवं अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी दिएका छन् ।